इलाम जिल्लाको माई नगरपालीकामा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण

इलाम जिल्लाको माई नगरपालीकाको ईलाम न्यु लाईट इंगलिस माध्मिक बिद्यालयमा १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

नोभेम्बर ११, २०१७ – इलाम जिल्लाको माई नगरपालीकाको ईलाम न्यु लाईट इंगलिस माध्मिक बिद्यालयमा साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ८, ९,१० मा अध्यनरत बिद्यार्थी एवम शिक्षकहरु को बाक्लो उपस्थिती रहेको थियो ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलका पूर्वान्चल निर्देशक एवं प्रशिक्षक निरज अधिकारीले सहभागिहरुलाई साईबर अपराध भनेको के हो, कसरि घटछ, र यसबाट आँफु, परिवार, र समाजलाई कसरि सुरक्षित गराउन सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक प्रशिक्षण सहित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । भिन्न शिलीमा प्रस्तुत गरिएको कार्यक्रमका सहभागिहरुले उक्त कार्यक्रमबाट अत्यन्तै प्रभावित भएको प्रतिकृया दिनु भएको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता एवं संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

Posted by Ramhari Subedi on Thursday, November 9, 2017

Leave a Reply

Your email address will not be published.